काठमाडौं, पाकिस्तानको गोलाबारीपछि भारत नियन्त्रित कश्मीरमा १ महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
भारतीय अधिकारीहरूले प्रेस ट्रस्ट अफ इन्डियालाई दिएको जानकारी अनुसार नियन्त्रण रेखा नजिकै उरी जिल्लामा भारी गोलाबारीपछि एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीको अनुसार उनका दुई परिवारका सदस्य घाइते भएको जनाएको छ ।
कश्मीरका विभिन्न सीमा क्षेत्रबाट प्राप्त भिडियो फुटेजले गएरातिको गोलाबारीमा धेरै पसल र घरहरू क्षतिग्रस्त भएको देखाएको दाबी गरिएको छ ।
यसअघि, बुधबार बिहानदेखि पाकिस्तानी गोलाबारीका कारण भारतको कश्मीरमा तीन महिला र पाँच बच्चासहित १६ जनाको मृत्यु भएकोे थियो ।