जेष्ठ १२,२०८२ / ०१ : ३३ पूर्वान्ह / 2025-05-25 01:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतले देशभर सैनिक अभ्यास तीव्र पा¥यो, पाकिस्तानसँग तनाव संकेत

      - २ हप्ता अगाडि
      वैशाख २३,२०८२

      काठमाडौं, भारत सरकारको गृह मन्त्रालयले देशका सबै राज्य र केन्द्र शासित  प्रदेशलाई भोलि ’मक’ अभ्यास गर्न निर्देशन दिएको छ ।   कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच निरन्तर बढ्दै गएको तनावका बीचमा यस कदमलाई धेरै महत्त्वपूर्ण मानिएको । बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

      यसमा सरकारले देशभरका २४४ सूचीकृत सिभिल डिफेन्स जिल्लामा सिभिल डिफेन्स अभ्यास र रिहर्सल गर्न निर्देशन दिएको छ । यो निर्देशनअनुसार, अभ्यास ड्रिलमा जिल्ला नियन्त्रक, जिल्लाका विभिन्न अधिकारी, सिभिल डिफेन्सका स्वयंसेवक, होम गार्ड, एनसीसी, राष्ट्रिय सेवा योजनाका स्वयंसेवक, नेहरू युवा केन्द्र संगठन र स्कुल–कलेजका विद्यार्थीहरूको सहभागिता हुने अपेक्षा गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d