वैशाख २,२०८३ / ०९ : ०४ पूर्वान्ह / 2026-04-15 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      विश्व बजारनै उथलपुथल हुने गरी ट्रम्पले सुरु गरे नयाँ भन्सार शुल्क

      - १ वर्ष अगाडि
      चैत २०,२०८१

      काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारको कुनै पनि देशबाट अमेरिकामा जाने सामानमा कम्तीमा १० प्रतिशत आयात कर लगाउने भएका छन् । ९ अप्रिलबाट लागू हुने गरी कुनै देशका सामानमा ५० प्रतिशत कर समेतको निर्णय गरिएको बिबिसीले जनाएको छ ।

      ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ ।  यसबाहेक राष्ट्रपति ट्रम्पले अनुचित व्यापार नीति अपनाउने केही देशमाथि थप लगाइने आयात शुल्क दर पनि घोषणा गरेका छन् । यो आयात शुल्क उच्चतम ५० प्रतिशतसम्म हुने उनले बताएका छन् । जसलाई उनले पारस्परिक आयात शुल्क भनेका छन् । युरोपियन युनियन र चीनजस्ता देश यसमा परेका छन् ।

       जसलाई ट्रम्पले व्यापार नीतिको सबैभन्दा खराब उल्लंघनकर्ता भनेर सूचीकृत गरेका छन् । उनीहरूका सामग्रीम अझै बढी दरमा कर लाग्नेछ । रोज गार्डेनमा भएको मन्तव्यमा ट्रम्पले अमेरिकामा नयाँ युगको सुरुवात भएको बताउदै थाइल्यान्डलाई ३६ प्रतिशत, चीनलाई ३४ प्रतिशत, दक्षिण कोरियालाई २५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत, युरोपेली संघलाई २० प्रतिशत, ताइवानलाई ३२ प्रतिशत, स्वीटजरल्यान्डलाई ३१ प्रतिशत, मलेसियालाई २४ प्रतिशत, भियतनामलाई ४६ प्रतिशत, जापानलाई २४ प्रतिशत, भारतलाई २६ प्रतिशत र नेपालका लागि नयाँ भन्सार दर १० प्रतिशत लगाइएको छ । 

      उक्त शुल्क अप्रिल ९ देखि लाग्ने बताएका छन् । ट्रम्पले विदेशमा निर्मित सबै कार तथा सवारीमा २५ प्रतिशत आयात शुल्क लागु हुने घोषणा गरेका छन्, जुन स्थानीय समयानुसार बुधबार मध्यरातिदेखि लागु हुनेछ । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनहरूमाथि लगाएको भन्सार महसुलको आधा दर बराबर भन्सार महसुल लगाउनेछ । 

      घोषणाअघि विश्व बजारहरू धेरै दिनदेखि अस्थिर रहेका छन् भने निशानामा पर्नसक्ने देशहरूले प्रतिकारात्मक उपायहरू तयार गरेको भए पनि वार्ताका लागि आह्वान गरेका छन् । भने युरोपेली सङ्घ (इयु) र क्यानाडा लगायतका प्रमुख अर्थतन्त्रहरूले प्रतिशोध लिने प्रतिज्ञा गरेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d