मंसिर २२,२०८२ / ०२ : ५६ पूर्वान्ह / 2025-12-08 02:56 am
      • param ad
      • furniture
      • veera Incorporation

      रुस र युक्रेन ब्ल्याक सीमा युद्ध विराम गर्न सहमत

      - एक हप्ता अगाडि
      चैत १२,२०८१

      काठमाडौं, रुस र युक्रेन ब्ल्याक सीमा युद्ध विराम गर्न सहमत भएका छन् । साउदी अरेबियामा लगातार तीन दिनसम्म अमेरिकी प्रतिनिधि मण्डलका साथमा भएको वार्तामा रुस र युक्रेनले यस्तो सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

      अमेरिका र साउदी अरबको समन्वयमा भएको वार्ता गरेपछि रुस र युक्रेनले यो सहमति गरेका हुन् । अमेरिकासहित युद्ध विराममा सहभागी सबै पार्टीले स्थायी शान्तिका लागि प्रयास जारी राख्ने बताएका छन् । साथै रुस र युक्रेन ऊर्जा केन्द्र र भौतिक संरचनामा आक्रमण नगर्ने पुरानो सहमति कार्यान्वयनमा प्रतिबद्ध रहने सहमति भएको पनि अमेरिकी अधिकारीले जनाएका छन् । 

      रुसले भने उसले विगतमा गरेका खाद्य तथा मलको सम्झौता लागु भएपछि यो जल सम्झौता लागु हुने बताएको छ । यो वार्तामा रुस र युक्रेनी अधिकारी एक आपसमा भने भेटेका छैनन् । ब्ल्याक सीमा आक्रमण नगर्ने यो सहमति सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । रुसले भने यो निर्णय कार्यान्वयनका लागि बैंक माथि लागेको प्रतिबन्ध तथा स्विफ्ट पे मेन्ट सिस्टम लागु हुनु पर्ने समेत बताएको छ । 

      साथै कृषिका लागि आवश्यक मेसिन तथा खाद्यान्न उत्पादनका लागि आवश्यक पर्ने सामग्री माथि लगाइएको प्रतिबन्ध फुकुवा हुनु पर्ने माग राखेको छ । सहमति लागु हुने मिति भने अझै खुलेको छैन । अमेरिकाले रुसमाथि लागेका यी प्रतिबन्ध हटाउने विषयमा पुर्नविचार भइरहेको बताएको छ । जेलेन्स्कीले भने रुस आफू कमजोर भएपछि लाचार भएको बताएका छन् । उनले रुसले युद्ध विरामका लागि सहमति कार्यान्वयन नगरेमा अझ धेरै प्रतिबन्धका लागि अनुरोध गर्ने पनि बताए । रुसका रक्षामन्त्री रुस्तान उमरोभले तेस्रो पार्टीले सम्झौता कार्यान्वयनमा पहल गर्नुपर्ने र यसमा निगरानी गर्नुपर्नेमा जोड दिएका छन् ।

        सम्बन्धित समाचारहरु