मंसिर २२,२०८२ / ०२ : ५६ पूर्वान्ह / 2025-12-08 02:56 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकामा वैधता गुमाएका ५ लाख आप्रवासीको डिपोर्ट हुदै

      - एक हप्ता अगाडि
      चैत १०,२०८१

      काठमाडौ, अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ । 

      बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाउँदै गृह मन्त्रालयले सूचना जारी गरेको हो । वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ । क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो ।

      सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ । केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो । 

        सम्बन्धित समाचारहरु