चैत ६,२०८१ / १२ : ०६ पूर्वान्ह / 2025-03-20 12:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      लेबनानमा युद्धविरामकाबीच इजरायलले ग¥र्यो आक्रमण ६ जनाको मृत्यु

      - एक हप्ता अगाडि
      माघ २७,२०८१

      काठमाडौं, इजरायल र हिजबुल्लाहबीच भएको युद्धविरामकाबीच पूर्वी लेबनानमा इजरायलले आक्रमण जारी राखेको छ । 

      शनिबार मात्रै पूर्वी लेबनानको जेन्नाटा सहर नजिकैको शारा क्षेत्रलाई लक्षित गरी  इजरायली सेनाले आक्रमण गर्दा ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय इजरायलले गरेको हवाई आक्रमणमा परी अन्य दुई जना घाइते भएका छन् । इजरायली सेनाले हिजबुल्लाहबाट युद्धविराम सम्झौताको उल्लंघन भएको बताउँदै आक्रमण गरिरहेको छ । 

      ‘रणनीतिक हतियार उत्पादन र भण्डारण गर्ने स्थलभित्र’ हिजबुल्लाहका कार्यकर्ता भएको सेनाले एक विज्ञप्ति जारी गर्दै दाबी गरेको छ । गत नोभेम्बर २७ मा इजरायली सेना र हिजबुल्लाहबीच भएको द्वन्द्व अन्त्य गर्ने गरी भएको युद्धविराम सम्झौतालाई सङ्केत गर्दै विज्ञप्तिमा भनिएको छ, । हतियार भण्डारण र उत्पादन स्थलभित्रका गतिविधिलाई इजरायल र लेबनानबीचको समझदारीको ठाडो उल्लङ्घन मानिएको छ । 

      यो सम्झौता लागू भएदेखि नै इजरायलले हिजबुल्लाहका ती स्थानहरुमा सैन्य कारबाही जारी राखेको छ । सम्झौतामा ६० दिनको कार्यान्वयन अवधि जनवरी २६ मा समाप्त हुने भनिएको थियो । तर, इजरायलले लेबनानले सम्झौतापूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै दक्षिणी लेबनानबाट आफ्ना सेना फिर्ता गर्न ढिलाइ गरेको थियो । 

      हिजबुल्लाहका अधिकारी इब्राहिम मौसावीले त्यस समयमा भएको हवाई आक्रमणको निन्दा गर्दै लेबनानलाई इजरायलको निरन्तर आक्रमण रोक्न आह्वान गरेका छन् । युद्धविरामको सर्तअनुसार लेबनानी सेनाले हिजबुल्लाह सेनाको स्थानमा दक्षिणमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकसँगै तैनाथ गर्ने भएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d