चैत ६,२०८१ / ०१ : ४६ पूर्वान्ह / 2025-03-20 01:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      माइक्रोसफ्टले टिकटक किन्ने ट्रम्पको संकेत

      - २ हप्ता अगाडि
      माघ १५,२०८१

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् । उनलाई पत्रकारहरुले माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो भनि सोधेको एक प्रश्नको जवाफमा ट्रम्पले टिकटकमा साँच्चै रुचि भएको बताएकाछन् । उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ ।

       यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला एलन मस्कले टिकटक खरिद गर्न सक्ने अनुमान गरिएको थियो । गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए । अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्सको सेयर बेच्न भनेको थियो । 

      योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो । तर ट्रम्पले केही खुकुलो नीति अपनाएपछि टिकटकले उनलाई धन्यवाद दिँदै पुनः सेवा सुरु गरेको थियो । अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d