फागुन १,२०८१ / ०९ : ०८ पूर्वान्ह / 2025-02-13 09:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      टर्किएको रिसोर्टमा आगलागी : ७६ जनाको मृत्यु, ५१ घाइते

      - २ हप्ता अगाडि
      माघ ९,२०८१

      टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचार पश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताएका छन् । 

      आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार मंगलबार बिहान साढे ३ बजेको समयमा आगलागी भएको थियो ।  उक्त पर्यटकीय होटल चिसो र हिउँ जमेको स्थानमा भएकाले दमकल पुग्न एक घण्टाभन्दा बढी समय लागेकोे थियो । दमकल पुगेपछि पनि आगो निभाउन झण्डै १२ घण्टा लागेको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनापछि प्रहरीले होटलका मालिकसहित ९ जनालाई नियन्त्रणमा लिएको छ । राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनामा लापरबाही गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्ने बताएका छन् । 

      मृतकहरुको सम्झनामा टर्कीमा आज राष्ट्रिय शोकको घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d