फागुन १,२०८१ / ०८ : ११ पूर्वान्ह / 2025-02-13 08:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      इजरायलको आक्रमणमा वेस्ट बैंकमा १० जना प्यालेस्टाइनीको ज्यान गयो

      - २ हप्ता अगाडि
      माघ ९,२०८१

      इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेको जेनिनको शहर वेस्ट बैंकमा गरेको आक्रमणमा कम्तीमा १० प्यालेस्टाइनीको ज्यान गएको छ । यो आक्रमणमा अरु धेरै घाइते भएका त्यहाँका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था अल जाजिराले जनाएको छ । 

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संयुक्त राष्ट्रका राजदूतले वेस्ट बैंकमा नियन्त्रण गर्न इजरायलको अधिकार रहेको बताएका छन् । वेस्ट बैंकमा रहेको  संयुक्त राष्ट्र अन्तर्गतको मानव अधिकार कार्यालयले अवैध इजरायली बस्तीहरू विस्तार हुँदा प्यालेस्टिनीहरूकोे स्वतन्त्रता व्यापक रूपमा प्रतिबन्धित भएको बताएको छ । यसैबीच युद्धविरामको दुई दिनमा गाजामा भत्किएका भवनहरूको भग्नावशेषबाट एक सय २० वटा शवहरू फेला परेको खबरमा उल्लेख छ । यस्तै युद्धग्रस्त गाजा क्षेत्रमा सहायता सामग्रीका झण्डै नौ सय ट्रक प्रवेश गरेको भए पनि राहत वितरणमा भने समस्या भइरहेको संयुक्त राष्ट्रसङ्घको मानवीय एजेन्सीले जनाएको छ ।

       इजरायल र हमास लडाकू समूहबीच केही दिन अघि मात्रै गाजामा युद्धविरामको सहमति भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d