काठमाडौं, डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् ।
शपथ ग्रहणपछि एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताएका छन् । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको बताए । ‘यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको जानकारी गराए ।
अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने भन्दै उनले अमेरिकाको प्रगतिका लागि कडा प्रयास गर्ने र नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबै अमेरिकी नागरिकलाई एकताबद्ध भएर काम गर्न उनले आह्वान गरका छन् । राष्ट्रपति ट्रम्पको शपथ ग्रहणपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ ग्रहण गरेका छन् ।
शपथ ग्रहण पश्चात डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा मुख्य पाँच कुराको घोषण गरेका छन् । जसमध्ये पहिलो हो अमेरिकामा अवैध रुपमा आप्रवासी प्रवेशलाई रोक्न मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् । र लाखौं अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने प्रक्रिया सुरु गर्ने बताए । यस्तै ट्रम्पले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जाति र लिङ्गलाई समावेश गर्ने हालको नीति अन्त्य गर्ने बताएका छन् । अब महिला र पुरुष गरी दुई मात्र लिङ्ग हुने बताउँदै उनले आजैदेखि अमेरिकाको आधिकारिक नीति हुने घोषणा गरे । यस्तै ट्रम्पले पनामा नहरलाई चीनले चलाइरहेको आरोप लगाउदै त्यसलाई फर्काउने घोषण गरेका छन् ।
आफ्नो भाषणमा अमेरिकालाई नयाँ उचाइमा र ठूलो सफलतासम्म पु¥याउन मंगल ग्रहमा पनि अमेरिकी झण्डा फहराउने बताए छन् । मध्यपूर्वमा शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाउदै त्यसका लागि सबैलाई जोड्न नेतृत्व गर्ने भर्ना व्यक्त गरेका छन् । अमेरिकालाई समृद्ध बनाउने क्रममा विदेशबाट आयात हुने सामग्रीमा कर र शुल्क बढाउने समेत उनले बताए ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्दा उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए । ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका थिए । राजधानी वाशिङ्टन डीसीमा रहेको संसद भवन यूएस क्यापिटलमा आयोजित शपथग्रहण समारोहमा पूर्वराष्ट्रपतिहरु, मन्त्रिपरिषदका सदस्य, विभिन्न देशका राष्ट्र प्रमुख वा प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति थियो ।