फागुन १,२०८१ / ०९ : ४१ पूर्वान्ह / 2025-02-13 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      ह्वाइटहाउसमा यसरी हुँदैछ ट्रम्पको स्वागत

      - ३ हप्ता अगाडि
      माघ ७,२०८१

      काठमाडौं, अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ लिँदै छन् । ट्रम्पले बाईबलमा हात राखेर संविधानको शपथ लिनेछन् । अमेरिकी संसद् क्यापिटल हिलमा करिब ७०० अमेरिकीहरूको अगाडि अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

       सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । शपथपछि ट्रम्पको भाषण हुनेछ । औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् । 

      ह्वाइटहाउसमा उनको पुनरागमनलाई भव्य र ऐतिहासिक बनाउन शनिबारदेखि नै उत्सवमय वातावरणमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट सुरु भएको उत्सवका कार्यक्रम मंगलबारसम्म जारी रहने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ट्रम्पले शपथ ग्रहणकै दिन कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन् । 

      अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी–मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ । एता ट्रम्प राष्ट्रपति बनेको खुसियालीमा विजय जुलुस, भोज, कन्सर्ट, आतसबाजी लगायतका कार्यक्रम गर्नका लागि शपथग्रहण समारोह समितिले १७ करोड अमेरिकी डलर चन्दा संकलन गरिसकेको छ । समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सहभागी हुन पाउने बताइएको छ । 

      अतिथि, विशिष्ट अतिथि, मन्त्रिपरिषद्का सदस्य, पाहुना, चन्दादाता, समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना गर्ने तयारी छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुनेछ । ट्रम्प २०१६ को नोभेम्बरमा पनि राष्ट्रपतिमा निर्वाचित भएर पूरै चारवर्षे कार्यकाल बिताएका थिए । सन् २०२० को निर्वाचनमा भने उनी वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।

       त्यसपछि सन् २०२४ को नोभेम्बरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d