बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ । बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ । ति व्यक्ति चोरी गर्नका लागि शैफको मुम्बई, बान्द्रस्थित घरमा छिरेको बताईएको छ । उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार त्यहाँ उनको शल्यक्रिया भइरहेको छ । उनलाई चक्कुले ६ पटकसम्म प्रहार गरिएको बताइन्छ । सैफको घाँटी र मेरुदण्डको नजिक गहिरो चोट लागेको छ । उनको शरीरमा तीन इन्च गहिरो चोट छ । उनको स्नायु र कस्मेटिक सर्जरी गरिदैछ । चोरसँगको घम्साघम्सीमा सैफका घरेलु कामदारलाई पनि सामान्य चोट लागेको छ । सैफमाथि यो आक्रमण उनका बच्चा तैमूर र जेहको कोठामा भएको थियो । आक्रमणकारी कसरी घरभित्र प्रवेश गरे र त्यहाँसम्म पुगे भनी प्रहरीले अनुसन्धान गरिरहेका छन् । ति व्यक्ति पहिले नै घरभित्र थिए वा बाहिरबाट आए भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सैफकी बच्चालाई स्यहारसुसार गर्ने कामदार राती साढे दुई बजे कुनै आवाज सुनेर उठेकी थिइन् । त्यसबेला घरमा सैफ अली खानका सम्पूर्ण परिवार सुतिरहेका थिए । हल्ला सुनेर सैफ उठेपछि आक्रमणकारी र उनी आमनेसामने हुँदा सैफले आक्रमणकारीलाई पक्रने प्रयास गरिरहँदा उनले सैफमाथि चक्कु प्रहार गरेको बताइएको छ ।
घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गरेका छन् ।