फागुन १,२०८१ / ०७ : ५० पूर्वान्ह / 2025-02-13 07:50 am
      • param ad
      • furniture
      • veera Incorporation

      दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

      - ३ हप्ता अगाडि
      माघ २,२०८१

      काठमाडौं, दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गरेका हुन् । 

      दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो । तर दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए । 

      सुरूमा राष्ट्रपतीय सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेस्र्याएर उनीहरूलाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए । साथै सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो । राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ । 

      निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो । देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ ।  यूनले गत डिसेम्बर ३ को मध्यराति देशमा मार्शल ल घोषणा गरेका थिए  । द्यपि त्यो घोषणा ६ घण्टा पनि टिक्न सकेको थिएन । 

      तत्काल संसद्को बैठक बसेर सांसदहरूले अमान्य घोषणा गरेपछि यूनले मार्शल ल फिर्ता लिएका थिए ।  सोही विषयलाई लिएर संसद्ले डिसेम्बर १४ मा यून विरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो । महाभियोग पारित भएसँगै निलम्बनमा परेका यूनविरुद्ध संवैधानिक अदालतमा सुनुवाइ भइरहेको छ । संवैधानिक अदालतले महाभियोग सदर गरेमा यून पदबाट बर्खास्त हुनेछन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d