फागुन १,२०८१ / ०८ : ०४ पूर्वान्ह / 2025-02-13 08:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकाको लस एन्जलस आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो

      - ३ हप्ता अगाडि
      पौष २९,२०८१

      अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा परी ज्यान गुमाउनेको  सङ्ख्या २४ जना पुगेको छ । 

      नेपाली समयअनुसार आज  बिहानसम्ममा ज्यान गुमाउनेको सङ्ख्या २४ जना पुगेको लस एन्जलस काउन्टीका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्यालिफोर्नियाका मौसमविद्हरूले यो क्षेत्रमा थप तीव्र हावा चल्ने भएकाले आगलागी अझै फैलन सक्ने चेतावनी दिएका छन् । अझै धेरै ठाउँमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । दमकल, हेलिकप्टरमार्फत आगो निभाउने प्रयास भइरहेको खबरमा उल्लेख छ । आगलागीका कारण इटन र पालिसेड्स क्षेत्र बढी प्रभावित भएका छन् । 

      आगलागीका कारण सबैभन्दा बढी क्षति भएको पालिसेड्समा २३ हजार एकड जमिनभन्दा बढी क्षेत्र जलेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d