फागुन १,२०८१ / ०९ : ११ पूर्वान्ह / 2025-02-13 09:11 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिकामा डढेलो : ३० हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न निर्देशन

      - १ महिना अगाडि
      पौष २४,२०८१

      अमेरिकाको लस एन्जलसमा डढेलोको प्रकोप अझ बढेको छ । १० आर्कबाट सुरु भएको डढेलो बढेर २९ सय आर्कसम्म फैलिएको छ । अग्नि नियन्त्रण प्रमुख क्रिस्चियन क्रोलीका अनुसार ३० हजार मानिसलाई अन्यत्र सर्न भनिएको छ। १३ हजार भवन अहिले खतरामा छन् ।

       लाखौँ क्यालिफोर्नियावासी अहिले डढेलोका कारण अत्तालिइरहेका छन् । एन्जलस राष्ट्रिय जङ्गलको छेवैमा रहेको अल्टाडेनाको झाडीबाट भर्खरै आगलागी सुरु भएको छ । विस्थापित हुनेमा देशका नाम चलेका सेलिब्रेटी समेत छन्। अभिनेता एयुगेन लेभी र जेम्स उड पनि विस्थापित भएका

      छन् । जङ्गलमा हुरी बतास पनि चलिरहेको जनाइएको छ । ११५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेपछि डढेलोको जोखिम अझ बस्तीसम्म बढेको हो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d