जेष्ठ १६,२०८३ / १० : १९ पूर्वान्ह / 2026-05-30 10:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      कतारमा इजरायल र प्यालेस्टाइनबीचको वार्ता पुनभए पनि इजरायली आक्रमण जारी

      - १ वर्ष अगाडि
      पौष २१,२०८१

      काठमाडौं, इजरायलले शनिबार गाजा युद्धविराम र बन्धक मुक्त सम्झौताका लागि कतारमा वार्ता पुनः सुरु भएको पुष्टि गरेको छ । गाजा शहरमा रहेको अल–घौला परिवारको घरमा बिहान भएको हवाई आक्रमणमा परी ११ जनाको मृत्यु भएकै दिन वार्ता सुरू भएको प्यालेष्टिनी प्रहरीले जनाएको छ ।

      सन् २०२३ को अक्टोबरमा भएको आक्रमणमा बन्धक बनाइएका व्यक्तिहरूको रिहाईका लागि इजरायलका रक्षामन्त्री इजरायल काट्जले कतारमा हमाससँग अप्रत्यक्ष वार्ता सुरु भएको पुष्टि गरेका छन् । बन्धकमध्येकी एक महिला सैनिक लिरी अल्बागका आफन्तलाई मन्त्रीले ‘बन्धकहरूलाई मुक्त गर्ने प्रयास भइरहेको र वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल शुक्रबार कतारमा पुगेको बताएका छन् ।

      उनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘वार्ताका लागि विस्तृत निर्देशन’ दिएका छन् । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडले गाजामा अल्बागलाई कैदमा राखेको भिडियो सार्वजनिक गरेपछि उनले यस्तो बताएका हुन् ।

      साढे तीन मिनेट लामो रेकर्डिङमा १९ वर्षीया ती युवतीले हिब्रु भाषामा इजरायली सरकारलाई आफ्नो रिहाइका लागि आग्रह गरेकी सुन्न सकिन्छ । यद्यपि, भिडियोको आधिकारिकताबारे पुष्टि गर्न नसकिएको एएफपीका स्थानीय संवाददाताले जनाएका छन् ।

       हाल गाजामा ९६ जना इजरायली बन्धक रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

        सम्बन्धित समाचारहरु