वैशाख २,२०८३ / ०९ : ०४ पूर्वान्ह / 2026-04-15 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      ट्रम्पलाई एक करोड ५० लाख डलर तिर्न अमेरिकी सञ्चारमाध्यम एबीसी तयार

      - १ वर्ष अगाडि
      मंसिर ३०,२०८१

      अमेरिकी सञ्चारमाध्यम एबीसी न्यूजले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई एक करोड ५० लाख अमेरिकी डलर अर्थात दुई अर्ब तीन करोड नेपाली रुपैयाँ भन्दा धेरै रकम तिर्ने भएको छ । ट्रम्पबारे झुठो सामग्री प्रकाशित, प्रसारित गरेको स्वीकार गर्दै एबीसीले एक करोड ५० लाख डलर तिर्न सहमति भएको बीबीसीले जनाएको छ ।

      ट्रम्प ‘बलात्कारका लागि जिम्मेवार’ रहेको भन्दै एबीसी न्यूजले आफ्नो अनलाइन पोर्टलमा समाचार प्रकाशन गरेको थियो । तर, अहिले गल्ती स्वीकार गर्दै मुद्दा मिलाउन १५ मिलियन अर्थात एक करोड ५० लाख डलर भर्न तयार भएको हो ।

      सम्झौताअनुसार अब एबीसी न्यूजले ट्रम्पले स्थापित गरेको फाउण्डेशन वा राष्ट्रपतिको नामबाट स्थापित सङ्ग्रहालय अथवा धर्मार्थ योगदानका रुपमा एक करोड ५० लाख डलर जम्मा गर्नेछ ।

      यस्तै, ट्रम्पको कानूनी शुल्कका रुपमा थप १० लाख डलर भुक्तानी गर्नसमेत एबीसी न्यूज सहमत भएको छ । सम्झौता अनुसार एबीसीले १० मार्च २०२४ मा अनलाइन प्रकाशित समाचार सामग्रीको मुनि सम्पादकको नोट पोष्ट गर्नेछ ।   

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d