लेबनानमा सक्रिय विद्रोही समूह हिजबुल्लाहले दुई महिनाअघि इजरायली आक्रमणमा मारिएका आफ्ना शीर्ष नेताको अन्त्येष्टिको तयारी गरेको छ ।
हिजबुल्लाहको राजनीतिक परिषद्का उपनेता महमुद कोमाटीले इजरायली आक्रमणमा मारिएका पूर्वप्रमुख हसन नसरल्लाहको औपचारिक अन्त्येष्टिको तयारी भइरहेको बताएको समाचार संस्थाहरुले जनाएको छ । हिजबुल्लाहले नसरल्लाहको मृत्युपछिको प्रतिकुल परिस्थितिका कारण भन्दै ‘अन्त्येष्टिको कार्यक्रम’ स्थगित गरेको थियो ।
लेबनान र इजरायलबीच युद्धविरामको घोषणा भएकै दिन हिजो हिजबुल्लाह समूहले आफ्ना नेताको अन्त्येष्टिको तयारी भइरहेको जनाएको हो ।