जेष्ठ १९,२०८३ / १२ : ५९ पूर्वान्ह / 2026-06-02 12:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      एमालेले आज दरबारमार्गमा सभा गर्दै, ओलीले सम्बोधन गर्ने

      - १ वर्ष अगाडि
      मंसिर ७,२०८१

      काठमाडौं, आज काठमाडौंको दरबारमार्गमा सत्तारुढ दल नेकपा (एमाले)ले शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।

      सभा बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । 

      सभालाई सफल बनाउन एमालेले भक्तपुर, ललितपुर र काठमाडौंसहित उपत्यका वरपरका जिल्लाहरूबाट ठूलो सङ्ख्यामा मानिस ल्याउने तयारी गरेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेको बताइएको छ ।

        सम्बन्धित समाचारहरु