पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      अमेरिका निर्वाचन : ३८ राज्यको नतिजा सार्वजनिक, रिपब्लिकन पार्टीका ट्रम्प अगाडि

      - १ वर्ष अगाडि
      कार्तिक २१,२०८१

      अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउन थालेको छ । अहिलेसम्म ३८ राज्यको नतिजा आएको छ । १२ वटाको मतगणना बाँकी छ ।

      मतगणना भइसकेकामध्ये २४ राज्यमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ राज्यमा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएको बीबीसीले जनाएको छ । ट्रम्पको २ सय ४६ र कमलाको १ सय ८७ अङ्क रहेको छ । जीतका लागि २ सय ७० अङ्क आवश्यक पर्छ ।

      दुई पार्टीबीचको मतको अन्तर निकै कम भएको सात वटा ’स्विंग स्टेट’ को नतिजा नआएसम्म चुनावको नतिजा कता जान्छ भन्ने अनुमान गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् । यी राज्यहरूमा ९३ सिट छन् । अहिलेसम्म ट्रम्पले यीमध्ये एउटा नर्थ क्यारोलिना जितेका छन् ।

      न्यूओर्क टाइम्सका अनुसार ट्रम्प बाँकी सातमध्ये चार राज्यमा अगाडि छन् । राष्ट्रपतिको चुनावसँगै अमेरिकी संसद्को दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि चुनाव भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d