मंसिर २६,२०८१ / १० : १३ अपरान्ह / 2024-12-11 10:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै,ह्यारिस र ट्रम्पबीच कडा टक्कर

      - १ महिना अगाडि
      कार्तिक २०,२०८१

      विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुँदैछ  ।  ४७औं राष्ट्रपति बन्न निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । उपराष्ट्रपति समेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपति समेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

       नागरिकले मतदानमार्फत प्रत्यक्ष कार्यकारी अधिकारसहितको विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपतिको निर्वाचनमार्फत हुने सत्ताको परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा प्रभाव पार्ने कतिपयको धारणा छ । दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ । नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ । यिनै राज्यको ’निर्णायक’ मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन् । ट्रम्प विभिन्न मुद्दाका कारण विवादित बनेपनि त्यसका बावजुद उनको समर्थनमा ४० प्रतिशत बढी अमेरिकी नागरिक रहेका छन् । डेमोक्र्याटिक समर्थकहरूले ट्रम्पलाई अयोग्य घोषित गरिरहँदा उनको पक्षमा उभिएको जनसमर्थनले उनले जित्नसक्ने आकलन गर्न सकिन्छ । चुनावी मैदानमा रहेका ट्रम्पलाई सत्तामा नहुनुको फाइदा यसपटक छ । पछिल्लो निर्वाचनमा पराजित भएका ट्रम्पले अहिले सरकारसँग विभिन्न मुद्दामा प्रश्न गरिरहेका छन् । 

      अमेरिकी मतदाताहरूको लागि अर्थव्यवस्था पहिलो मुद्दा हो । अमेरिकी नागरिकहरू उच्च महँगीसँग जुझ्नुपरेको छ । एक तथ्यांकअनुसार एक चौथाइ अमेरिकीमात्रै त्यहाँको नीतिमा सन्तुष्ट छन् जबकि दुई तिहाइ नागरिहरू कमजोर अर्थतन्त्रप्रति रुस्ट छन् । असन्तुष्ट पक्ष ट्रम्पको पक्षमा आउनसक्ने अांकलन गरिएको छ । त्यस्तै ट्रम्पको अवैध आप्रवासन नीतिप्रति पनि केही अमेरिकी नागरिकको समर्थन रहेको देखिन्छ । बाइडेनको शासनकालमा सीमा क्षेत्रमा मुठभेड निम्तिएको तथ्यांकले देखाएको छ । जबकि सोही तथ्यांकले आप्रवासन मामिलामा ट्रम्पको नीतिमा धेरै विश्वास गर्न सकिने देखाउँछ । त्यस्तै डिग्री नभएका अमेरिकी नागरिकप्रति ट्रम्पको हेर्ने दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि उनको पक्षमा समर्थक ओर्लिएका हुन् । त्यसो ह्यारिस उपराष्ट्रपति हुँदा आफ्नै दलका राष्ट्रपति बाइडेनसँग संघर्ष गर्नुपरेको मिडियाहरूमा समाचार बन्ने गरेको थियो ।  ’ह्यारिस ट्रम्प होइनन्, न उनी बाइडेन नै हुन् । उनी महिला अधिकारको पक्षधर हुन्,’ त्यसैले ’ह्यारिसको जित हुन सक्ने  बीबीसीले जनाएको छ । 

      ट्रम्पका थुप्रै फाइदाहरूका बावजुद ह्यारिस गहिरो ध्रुवीकरण गर्ने व्यक्तित्व हुन् । अघिल्लो निर्वाचनमा पनि उनले ऐतिहासिक सिटहरू जिताएकी थिइन् । गत जुलाईमा रोयटर्स÷इप्सोसको पोलले पाँचमध्ये चार जना अमेरिकी नागरिकले देश नियन्त्रण बाहिर जाने संकेत गरेका थिए । अमेरिकाका मध्यम एवं स्वतन्त्र उम्मेदवारहरू ह्यारिसको पक्षमा उभिनसक्ने आकलन गरिएको छ । पार्टीभित्रै पनि ह्यारिसले राष्ट्रपति बाइडेनलाई पछि पारेकी थिइन् । कतिपयले बाइडेनको असफल नीतिसँग ह्यारिसलाई जोडे पनि उनले त्यसलाई निरर्थक बनाइसकेकी छन् । उनी महिला पक्षधर भएर पनि उनको पक्षमा एउटा वर्ग नै उभिएको बताइन्छ । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेको थियो। जसको वकालतमा ह्यारिस खुलेर लागेकी थिइन् । सोही मुद्दाका कारण पनि उनको पक्षमा मतदाताहरू उर्लिने अपेक्षा गरिएको छ । 

        सम्बन्धित समाचारहरु