असार ११,२०८२ / ०१ : ३३ पूर्वान्ह / 2025-06-25 01:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा तत्काल चुनाव गर्न अस्वीकार

      - २ हप्ता अगाडि
      असोज २३,२०८१

      बङ्गलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले चुनावका लागि मिति तय गर्न अस्वीकार गरेका छन् ।

      डा. युनुसले आफूमध्ये कसैको पनि लामो समयसम्म सरकारमा बस्ने लक्ष्य नभएको तर चुनावका लागि त्यसअघि महत्त्वपूर्ण विषयमा सुधार आवश्यक रहेको बताएका छन् । चुनाव गर्न आफू तयार रहे पनि सुधारअघि चुनाव गर्नु गलत रहेको अन्तरिम सरकार प्रमुख डा. युनुसको भनाइ छ ।

      युनुसले सार्वजनिक प्रशासनको विरासत पूर्णरूपमा बिग्रिएको बताउँदै यसलाई भविष्यमा निरङ्कुशतामा फर्कनबाट रोक्न व्यापक सुधारको आवश्यकता रहेको बताएका छन् । सुधारको अर्थ विगतमा जे भयो त्यसलाई नदोहो¥याई आवाश्यक सुधार गर्ने रहेको उनको भनाइ छ ।

      गएको अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहको परिणाम स्वरूप पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता डा. युनुस बङ्गलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए ।

      हसिनाको १५ वर्षेको शासनकालमा विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्यासहित मानव अधिकार हनन भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनमा हसिना सरकारले अदालत र निजामती सेवाको राजनीतिकरणसहित शक्तिको दुरुपयोग गरी लोकतान्त्रिक पद्धतिलाई ध्वस्त पार्न एकतर्फी चुनाव गरेको आरोप पनि लगाइएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d