कार्तिक २९,२०८१ / ०८ : १४ पूर्वान्ह / 2024-11-14 08:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

      - ३ हप्ता अगाडि
      असोज ५,२०८१

      भारतको राजधानी नयाँ दिल्लीकी मुख्यमन्त्री बनेकी आतिशी मार्लेनाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । मुख्यमन्त्री अरविन्द्र केजरीवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री बनेकी उनले शनिबार उपराज्यपाल वीके सक्सेनासमक्ष शपथ लिएकी हुन ।

      शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

      आतिशीसँगै कैलाश गहलोत, गोपाल राय, सौरभ भारद्वाज, इमरान हुसैन र मुकेश अहलावतले पनि मन्त्री पदको शपथ लिएका छन् ।

      तिहाड जेलबाट रिहान हुने बित्तिकै अरविन्द्र केजरीवालले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

      आफ्नो विकल्पमा केजरीवालले आतिशीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेका थिए ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d