चालीस वर्ष यताकै चरम भोकमरी देखापरेपछि जिम्बाब्वेमा २०० हात्ती मारेर मासु बाँडिने भएको छ । यहाँका ७ करोड मानिस खाद्य संकटमा परेपछि सरकारले त्यस्तो निर्णय गरेको हो । भोकमरीसँग जुध्न सरकारले हात्ती मार्ने आदेश दिएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, जिम्बाब्वेका ४ जिल्लामा २०० हात्ती मारेर त्यसको मासु विभिन्न समुदायमा बाँडिनेछ । जिम्बाब्वे पार्क एण्ड वाइल्डलाइफ अथोरिटीले यो कुराको पुष्टि गरेको छ । जिम्बाब्वे पछिल्लो ४ दशकमा सबैभन्दा ठूलो खडेरीको समस्यासँग जुधिरहेको छ । यस्तो अवस्थामा जिम्बाब्वेका ६ करोड ८० लाखभन्दा बढी मानिस खाद्य अभावसँग जुधिरहेका छन् । त्यहाँ कृषि उत्पादन चौपट भएको छ र खाद्यान्नको अभावमा भोकमरी चरम बनिरहेको छ । मानिसहरुसँग खानका लागि केही पनि बाँकी छैन । यस्ता अवस्थामा खडेरीका कारण फैलिरहेको भोकमरीको समस्या समाधानका लागि जिम्बाबे सरकारले एउटा कठोर निर्णय लिएको हो । पछिल्लो समयमा अफ्रिकी मुलुकहरुमा अल निनो नामक महासागरीय उपक्रमका कारण लामो खडेरी परिरहेको छ । जिम्बाबेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन विभागका प्रवक्ता तिनाशे फारावोले मासुका लागि २ सय जंगली हात्तीलाई मार्न लागिएको पुष्टि गरेका छन् । उनका अनुसार हात्ती मार्ने काम देशभर नै हुनेछ । सो कामलाई कसरी गर्ने भन्ने विषयमा अध्ययन भईरहेको उनले बताएका छन् । खाद्यान्नको अभाव झेलिरहेका समुदायलाई हात्तीको सिकार गर्नका लागि अनुमति जारी गरिने र सरकारी निकाय स्वयंले पनि हात्ती मारेर मासु वितरण गर्ने उनले बताए । त्यसरी मारिएका हात्तीको मासु ती समुदायलाई प्रदान गरिनेछ जहाँ खडेरीको मार सबैभन्दा धेरै छ र मानिसहरु खानाको अभावमा समस्यामा परेका छन् । जिम्बाबेमा हात्तीको हत्या गर्ने आधिकारिक सिलसिला सन् १९८८ बाट सुरु भएको थियो । खासगरी त्यहाँका ह्वांगे, मबिरे, शोलोशो र चिरेजी जिल्लामा हात्ती मार्ने गरिएको थियो । एनका अनुसार प्राकृतिक वातावरणले धान्नै नसक्ने गरी हात्तीको संख्या बढेको क्षेत्रबाट हात्ती सिकार गरिनेछ । जसमा सुख्खाग्रस्त ह्वांगे राष्ट्रिय निकुञ्ज पहिलो प्राथमिकतामा पर्नेछ । बढ्दो तापमानसँगै पानीका श्रोतको क्षयीकरणले गर्दा त्यहाँ मानिस र वन्यजन्तुबीच द्वन्द बढ्दै गएको छ । उक्त राष्ट्रिय निकुञ्जले १५ हजार मात्रै हात्ती धान्न सक्ने भएपनि हाल त्यहाँ हात्तीको संख्या ४५ हजार भन्दा धेरै छ । पानीको अभावले गर्दा गत डिसेम्बरमा उक्त निकुञ्जमा एक सयभन्दा धेरै हात्ती मरेका थिए ।
जिम्बाब्वेको आपत्कालीन निर्णय:७ करोड मानिसको भोक मेटाउन २०० हात्तीको बलि
चिनारी पोस्ट - १ वर्ष अगाडि
असोज ५,२०८१
सम्बन्धित समाचारहरु
रेज-बेट २०२५ को ‘वर्ड अफ द इयर’
अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ । ...
अक्सफोर्ड युनिभर्सिटी प्रेसले ‘रेज–बेट’ लाई सन् २०२५ को वर्ड अफ द इयर छानेको छ । ...
भारतको बलरामपुरमा बस दुर्घटना: ३ मृत्यु, १५ घाइते
भारतको बलरामपुरमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ...
भारतको बलरामपुरमा बस दुर्घटनामा परी तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । ...
भारतको तमिलनाडुमा बस दुर्घटना, ११ को मृत्यु
तमिलनाडुमा दुईवटा सरकारी बस ठोक्किँदा ११ जनाको मृत्यु ...
तमिलनाडुमा दुईवटा सरकारी बस ठोक्किँदा ११ जनाको मृत्यु ...
श्रीलंकामा परेको ठूलो बाढीले ५६ जनाको मृत्यु
श्रीलंकामा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ । ...
श्रीलंकामा बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको छ । ...
हङकङमा भीषण आगलागी, ४४ को मृत्यु र सयौँ बेपत्ता
हङकङको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता ...
हङकङको आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ, भने २७० भन्दा बढी मानिस बेपत्ता ...
इरानमा बलात्कार अभियोगमा एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड
इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । ...
इरानले सेमनान प्रान्तमा दुई महिलालाई बलात्कार गरेको दोषीलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको छ । ...
थाइल्यान्डमा अन्त्येष्टि अघि नै महिला जिउँदो भेटिइन्
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिन् ...
थाइल्यान्डमा दाहसंस्कारका लागि ल्याइएकी एक महिला कफिनभित्रै जिउँदो भेटिन् ...
हसिनाको मृत्युदण्डप्रति आपत्ति, देशभर आन्दोलन शुरु हुने
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिईएको सजाय विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । ...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिईएको सजाय विरोधमा देशव्यापी आन्दोलनको घोषणा भएको छ । ...
भियतनामः बाढीपहिरोमा ९० जनाको मृत्यु
भारी वर्षापछि आएको बाढी र पहिरोले एक हप्तामै भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ । ...
भारी वर्षापछि आएको बाढी र पहिरोले एक हप्तामै भियतनाममा कम्तीमा ९० जनाको ज्यान गएको छ । ...
पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको फैसला
मानवता विरुद्ध अपराधको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड ...
मानवता विरुद्ध अपराधको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड ...