नाइजेरियामा तेल बोकेको ट्याङ्कर र मानिसहरूले भरिएको ट्र्क ठोक्किँदा कम्तीमा ५० जनाको ज्यान गएको छ ।
तेलले भरिएको ट्याङ्कर ट्रकमा ठोक्किँदा विस्फोट भएको स्थानीय आपत्कालीन व्यवस्थापन एजेन्सीले जनाएको छ । ट्रकमा मानिससँगै जनावर पनि थिए । ठोक्किएपछि दुवै गाडीमा आगलागी भएको र ट्याङ्कर विस्फोट भएको उल्लेख छ ।
विस्फोट नभएको भए कम क्षति हुने तर विस्फोटले गर्दा ठूलो मावनीय क्षति भएको सरकारी अधिकारीले बताएका छन् ।
दुर्घटना विगत केही वर्षयताकै सबैभन्दा खराब भएको आपत्कालीन एजेन्सीका प्रवक्ता हुसेन इब्राहिमले बताएको बीबीसीको खबरमा उल्लेख छ । खराब सडकका कारण नाइजेरियामा बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् ।