जेष्ठ १२,२०८२ / ०१ : ३७ पूर्वान्ह / 2025-05-25 01:37 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु, अन्य थुप्रै घाइत

      - २ हप्ता अगाडि
      भाद्र २४,२०८१

      भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङका कारण अरु धेरै मानिस घाइते भएका छन् ।

      मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको मृत्यु भएको र थुप्रै घाइते भएको पुष्टि गरेका छन् । उनले यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूलाई तुरुन्तै उपचारको लागि अस्पताल पठाइएको जानकारी दिए ।

      मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदना सहित दिवङ्गत आत्माको शान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने घटनाहरू भइरहेका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d