असोज २८,२०८१ / ०८ : ०५ पूर्वान्ह / 2024-10-14 08:05 am
      • param ad
      • furniture
      • veera Incorporation

      बैंकक नजिक विमान दुर्घटना : सवार सबैको मृत्यु

      - २ हप्ता अगाडि
      भाद्र ७,२०८१

      थाइल्यान्डको राजधानी बैंकक नजिक बिहीबार एउटा विमान दुर्घटनामा परेको छ । विमानमा दुई जना थाई पाइलटका साथै पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । दुर्घटनामा सबै सवारको मृत्यु भएको पुष्टि गरिएको छ ।

      विमान बैंककको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । यो विमान थाइल्यान्डको पूर्वी भागमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटपछि विमानको सम्पर्क टुटेको थियो ।

      विमान चाचोएंगसाओको बाङ्ग पाकोङ जिल्लामा रहेको माङग्रोभ जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । विमानको खस्नाले नजिकैका घरहरूमा पनि क्षति पुगेको छ । दुर्घटनाको स्थान नजिकैको नदीमा बाढी आएपछि खोजी कार्यमा बाधा परेको छ । दुर्घटनाको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन ।

      यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । विमानका करिब ७० टुक्रा फेला परेको छ । विमानमा ब्ल्याक बक्स उपलब्ध थिएन । विमानले हवाई ट्राफिक नियन्त्रणसँग प्रत्यक्ष सम्पर्क कायम राख्थ्यो ।

        सम्बन्धित समाचारहरु