चैत ६,२०८१ / ०१ : ३३ पूर्वान्ह / 2025-03-20 01:33 am
      • param ad
      • furniture
      • veera Incorporation

      रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट, सुनामीको चेतावनी

      - ७ महिना अगाडि
      भाद्र २,२०८१

      रुसमा शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीले जनाएको छ ।

      पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । त्यहाँ झन्डै एक लाख ८१ हजार जनसङ्ख्या छ । रुसी आपतकालिन मन्त्रालयले त्यो सहरमा सुनामीको चेतावनी जारी गरेको छ ।

      भूकम्पबाट ठूलो क्षती नभएको तर विवरण सङ्कलन गर्ने काम भइरहेको समाचारसंस्था तासले जनाएको छ । ज्वालामुखीबाट निस्किएको खरानी समुद्री सतहबाट झन्डै आठ किलोमिटर माथिसम्म फैलिएको र त्यहाँबाट लावा पनि बाहिरिएको समाचारसंस्था सीएनएनले जनाएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d