थाइल्याण्डको संवैधानिक अदालतले संविधानको उल्लङ्घनको आरोपमा प्रधानमन्त्री सेटा टवीसिनलाई पदमुक्त गरेको छ ।
प्रधानमन्त्री टवीसिनले पूर्ववकिललाई मन्त्रीको रूपमा नियुक्त गरेर अवज्ञा र नैतिकता उल्लङ्घन गरेको ठहर गर्दै अदालतले यस्तो कदम चालेको हो ।
टवीसिनले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गरेका छैनन् । बीबीसीका अनुसार, १६ वर्षको अवधिमा उनीसहित तीन जनालाई अदालतले पदमुक्त गरेको छ ।
अब थाइल्याण्डको संसद्ले नयाँ प्रधानमन्त्रीको चयन गर्ने प्रक्रिया शुरु गर्नेछ । प्रधानमन्त्री टवीसिनले पत्रकार सम्मेलनमा अदालतको निर्णयसँग असहमत रहेको बताएका छन् । तर थाइल्याण्डमा संवैधानिक अदालतको निर्णय अन्तिम मानिन्छ र यसमा पुनरावेदन गर्न सकिदैन । थाइल्याण्डको संवैधानिक अदालतसँग असीमित अधिकार रहेको बीबीसीले जनाएको छ ।