असोज २८,२०८१ / ०९ : ०० पूर्वान्ह / 2024-10-14 09:00 am
      • param ad
      • furniture
      • veera Incorporation

      बङ्गलादेशमा राष्ट्रिय शोक मनाउन आफ्ना समर्थकलाई पूर्व प्रधानमन्त्री शेख हसिनाको आह्वान

      - ३ हप्ता अगाडि
      श्रावण ३०,२०८१

      बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्या भएको वार्षिकोत्सव मनाउनका लागि राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

      डा. मोहम्मद युनुसको नेतृत्वमा हिजो भएको सल्लाहकार परिषद्को बैठकले अगस्ट १५, अर्थात् भोलिको राष्ट्रिय शोकको लागि सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । तर पूर्व प्रधानमन्त्री हसिनाले आफ्ना सर्मथकलाई स्वफुर्तरुपमा आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।

      ढाका ट्रिब्युनका अनुसार, डा. युनुसको अन्तरिम सरकारले राजनीतिक दलहरूसँगको छलफलपछि अगस्ट १५ का लागि सार्वजनिक बिदाको निर्णयलाई रद्द गर्ने निर्णय गरेको छ । सन् १९७५ को अगस्ट १५ मा बङ्गलादेशको सेनाको एक समूहले बङ्गलादेशका संस्थापक प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानसहित उहाँको परिवारका धेरै सदस्यको हत्या गरेको थियो ।

      यस घटनाको सम्झनामा हरेक वर्ष अगस्ट १५ मा बङ्गलादेशमा सार्वजनिक बिदा दिने गरिएको थियो ।

        सम्बन्धित समाचारहरु