वैशाख २,२०८३ / ०९ : ०४ पूर्वान्ह / 2026-04-15 09:04 am
      • param ad
      • furniture
      • veera Incorporation

      जंगलको आगोले ग्रीसमा हाहाकार मचाउँदै, अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान

      - १ वर्ष अगाडि
      श्रावण २९,२०८१

      ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा फैलिन थालेको छ । गत आइतवारदेखि सुरु भएको आगोको कारण जोखिममा रहेका हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको बीबीसीले जनाएको छ । आगलागीको कारण एथेन्समा वायु प्रदूषण र तापमानमा वृद्धि भएको देखिएको छ । हावाको तीव्रतासँगै आगो ३० किलोमिटरको दूरीसम्म फैलिएको र बस्तीका क्षेत्रमा पुगेको छ ।

      एथेन्सबाट २० किलोमिटर उत्तर पूर्वमा पर्ने वरनाभासमा धेरै घरमा आगलागी भएको छ । सम्भावित क्षतिलाई मध्यनजर गरेर यस क्षेत्रमा बालबालिका र सेनाका अस्पताल खाली गराइएको छ । आगो निभाउन छ सय ७० वटा दमकल परिचालन गरिएको छ ।

      सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेपछि फ्रान्स, इटाली, चेक गणतन्त्र र रोमानियाले आगो निभाउनका लागि विमान पठाएका छन् । ग्रीसमा यस प्रकारको यति ठूलो आगलागीको घटना पहिलो पटक भएको उल्लेख गरिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d