भाद्र २३,२०८१ / ०९ : २२ पूर्वान्ह / 2024-09-08 09:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      बङ्गलादेशको अन्तरिम सरकारको प्रमुख बने मोहम्मद युनुस, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि समावेश

      - ३ हप्ता अगाडि
      श्रावण २५,२०८१

      बङ्गलादेशमा अन्तरिम सरकारको प्रमुखका रूपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ ग्रहण गरेका छन् ।

      उनले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रूपमा राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मोहम्मद शहबुद्दीन समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

      अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुँदा युनुस फ्रान्सको राजधानी पेरिसमा थिए । उनी हिजै मात्र ढाका फर्किएर शपथ लिएका हुन् । 

      युनुसको नेतृत्वमा रहेका १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि समावेश छन् ।

      शेख हसिनाले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार गर्ने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका छन् ।

      हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घनका कारण उनी विरुद्ध दर्जनौँ मुद्दा दायर भएका छन्, तर बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा उनले विभिन्न सामाजिक अभियानका कारण प्रशंसा र सम्मान पाएका छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d