मस्को, रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ।
गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ। तर स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन्।
रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।
प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन्। पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ।
युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। युक्रेनले विगतमा रुसभित्र भएका आक्रमणमा विरलै प्रतिक्रिया दिएको छ।