भाद्र २३,२०८१ / ०८ : ४४ पूर्वान्ह / 2024-09-08 08:44 am
      • param ad
      • furniture
      • veera Incorporation

      चीनको बेइजिङमा भीषण बाढी पहिरोमा परी ३३ जनाको मृत्यु

      - १ वर्ष अगाडि
      श्रावण २५,२०८०

      काठमाडौं, चीनको बेइजिङमा भारी वर्षाका कारण आएको भीषण बाढी, डुबान र पहिरोमा परी ३३ जनाको मृत्यु भएको छ। यो तथ्यांक मंगलबार रातिसम्मको भएकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरू बताउँछन्। 

      उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ। बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए। मुख्यतया, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूको ज्यान गएको हो। 

      जुलाई २९ देखि अगष्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो। बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो। वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ। जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आकलन भइरहेको र घोषित मृतक संख्यामा वृद्धि हुने सम्भावना देखिएको छ। 

      मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ। ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ। २ सय ७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३ सय ४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ। उद्धार र पुनस्र्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात अवरुद्ध भएको छ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d