माघ १२,२०८१ / ०८ : १३ पूर्वान्ह / 2025-01-25 08:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

      - १ वर्ष अगाडि
      श्रावण २४,२०८०

      काठमाण्डौ, पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

      दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ ।

      डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ । गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन ।

      त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d