असोज २८,२०८१ / ०८ : ४८ पूर्वान्ह / 2024-10-14 08:48 am
      • param ad
      • furniture
      • veera Incorporation

      चीनमा ग्याँस विष्फोट हुँदा ३१ जनाको मृत्यु

      - १ वर्ष अगाडि
      असार ७,२०८०

      काठमाडौ, चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति ठूलो ग्यास विष्फोट भएको छ। उक्त विस्फोटमा अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बताइएको छ ।

      समाचार एजेन्सी रोयटर्सले चिनियाँ सरकारी मिडिया एजेन्सी सिन्ह्वा न्यूजलाई उद्धृत गर्दै यस विस्फोटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिक्रिया आएको बताएको छ।

      निङ्जिया सहरमा रहेको रेस्टुरेन्टमा यो विष्फोट भएको हो । यो विस्फोटको कारण एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएको बताइएको छ । विस्फोटमा परी सात जना घाइते भएका छन्।

      सी चिनफिङले दुर्घटनामा घाइते भएकाहरूलाई सम्भावित सबै सहयोग उपलब्ध गराउनुका साथै महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने चिनियाँ सरकारी टेलिभिजनहरुले बताएका छन्।

      यसअघि सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो । 

        सम्बन्धित समाचारहरु