पौष १७,२०८२ / ०५ : ४६ पूर्वान्ह / 2026-01-01 05:46 am
      • param ad
      • furniture
      • veera Incorporation

      भारी बर्षाका कारण पाकिस्तानमा २८ जनाको मृत्यु

      - २ वर्ष अगाडि
      जेष्ठ २८,२०८०

      लाहोर – शनिवार राती परेको भारी बर्षाका कारण पाकिस्तानमा २८ जनाको मृत्यु भएको छ  । शनिबार राति परेको भारी वर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन ।

      प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्। वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरू ढलेका छन् र बिजुलीका पोलहरू ढलेका छन । 
      भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पन्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ। राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए ।

      गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो । त्यतिबेला तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए भने लाखौँ विस्थापित हुनु परेको थियो।


        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d