काठमाडौं, अफगानिस्तानको विदेश मन्त्रालयनजिकै आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । विस्फोटमा परी अन्य ४० जना भन्दा धेरै मानिस घाइते भएका तालिबान अधिकारीहरूले जनाएका छन् । तर प्रहरीले भने पाँच जनाको मात्रै मृत्यु भएको बताएको छ ।
हमलाकारीले मन्त्रालयभित्रै घुस्न खोजे पनि सफल नहुँदा बाहिर विस्फोट गराएको तालिबान अधिकारीहरूको भनाइ छ । आक्रमणको समयमा मन्त्रालय भवनभित्र चिनियाँ प्रतिनिधिमण्डल र अफगान अधिकारीहरूबीच वार्ता भइरहेको थियो ।
इस्लामिक स्टेटले आक्रमणको जिम्मा लिएको छ । तालिबानले यो आक्रमणलाई कायरताको संज्ञा दिँदै बदला लिने चेतावनी दिएको छ ।