फागुन २२,२०८० / ०६ : ४३ अपरान्ह / 2024-03-05 06:43 pm
      • param ad
      • furniture
      • veera Incorporation

      युरोपेली युनियनलाई उपयुक्त जवाफ फर्काउने रुसको चेतावनी

      - १ वर्ष अगाडि
      मंसिर १८,२०७९

      काठमाडौं, जी सेभेनसहित युरोपेली युनियनले रुसी तेलमा प्रति ब्यारेल ६० डलरको सीमा तोकेकोप्रति रुसले आपत्ति जनाएको छ । 

      यो कदमको रुसले उपयुक्त जवाफ दिने चेतावनी समेत दिएको छ । जी सेभेन, इयु र अष्ट्रेलियाले शुक्रबार रुसी तेल बढीमा ६० डलर प्रति ब्यारेल भन्दा बढीमा खरिद गर्न नहुने निर्णय गरेका थिए । 

      युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने रुसी तेलको मूल्य अझै बढी भएको भन्दै असन्तुष्टि जनाएकाछन । रुसी राष्ट्रपति कार्यालयले जी सेभेन र इयुको निर्णय स्वीकार्य नभएको भन्दै उपयुक्त समयमा उपयुक्त जवाफ दिने बताएको छ । 

      जी सेभेन र इयुले रुसको आम्दानी घटाउने र विश्व बजारमा इन्धनको मूल्यस्थिर राख्ने भन्दै उक्त निर्णय गरेका हुन । 

      उता, भियनास्थिन रुसी स्थायी नियोगका प्रतिनिधि युलियानोभले यसै वर्षदेखि नै युरोप रुसी तेलमुक्त हुने चेतावनी दिएका छन् ।

        सम्बन्धित समाचारहरु