फागुन २२,२०८० / ०७ : ०३ अपरान्ह / 2024-03-05 07:03 pm
      • param ad
      • furniture
      • veera Incorporation

      युक्रेनलाई थप हतियार दिने नाटोको घोषणा

      - १ वर्ष अगाडि
      मंसिर १४,२०७९

      काठमाडौं, नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन नाटोले युक्रेनलाई थप हतियार दिने प्रतिवद्धता जनाएको छ ।

      बुखारेस्टमा भएको शिखर सम्मेलनमा, सैन्य गठबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट  क्षति पुगेको महत्वपूर्ण ऊर्जा पूर्वाधार ठीक गर्न पनि मद्दत गर्ने बताएकाछन । उनले जाडोलाई युद्धको हतियारको रूपमा प्रयोग नगर्न रुसलाई चेतावनी पनि दिएकाछन । 

      रुसी आक्रमणले लाखौं युक्रेनीहरूलाई जाडोको समयमा विजुली नहुँदा समस्या भएको छ । युक्रेनले महिनौंदेखि नेटोसँग थप उन्नत वायु रक्षा प्रणालीको माग गर्दै आएको छ ।

      जेनेभा महासन्धि अन्तर्गत नागरिकहरूमाथि आक्रमण वा उनीहरूको अस्तित्व सकटमा पर्ने गरी गरेका गतिविधिलाई युद्ध अपराध मान्ने गरिन्छ । बर्लिनमा भएको भेलामा धनी राष्ट्रहरूको समूह जी सेभेनका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका थिए ।

        सम्बन्धित समाचारहरु