जेष्ठ ४,२०७९ / १० : १७ अपरान्ह / 2022-05-18 10:17 pm

        थप सहयोग गर्न जेलेन्स्कीको अपिल

        - १४ घण्टा अगाडि
        चैत ४,२०७८

        युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई बढी समर्थन गर्न नेतृत्वदायी भूमिकामा आउन जर्मनीलाई अपिल गरेका छन् ।

        उनले बिहीवार जर्मन संसदलाई भिडियोबाट सम्बोधन गर्नेक्रममा जर्मन चान्सलर ओलाफ सोल्जलाई थप सहयोगका लागि यस्तो अपिल गरेका हुन् । जेलेन्स्की उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो) मा सामेल नभएका कारण निराश छन् । त्यसैले अझै पनि युरोपेली संघमा पहुँच बढाउने प्रयासमा युक्रेन रहेको उनले बताए ।

        सोल्जले जर्मनी र नेटो रुस–युक्रेन युद्धमा सक्रिय भूमिकामा उभिन नसक्ने मार्चमा भएको एक पत्रकार सम्मेलनमा बताएका थिए । आफ्नो सरकार ‘यो संकट टार्ने संयुक्त मार्ग’ अपनाउन सबै कूटनीतिक माध्यम प्रयोग गर्ने उनको भनाइ छ ।

          सम्बन्धित समाचारहरु