जेष्ठ ४,२०७९ / १० : २८ अपरान्ह / 2022-05-18 10:28 pm

        जापानका प्रधानमन्त्री शनिबार भारत आउने

        - १५ घण्टा अगाडि
        चैत ४,२०७८

        जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् ।  

        दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुग्ने अधिकारीहरूले जानकारी दिएका छन् । 

        भ्रमणका क्रममा उनले १४औँ भारत—जापान वार्षिक सम्मेलनसमेतमा सहभागिता जनाउने बताइएको छ । 

        साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् । 

        उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका रूपमा किशिदासँग पहिलो पटक भेटवार्ता गर्ने भएका हुन् । 

        हरेक वर्ष आयोजना गरिने भारत—जापान वार्षिक सम्मेलनको १४औँ संस्करण यही मार्च १९ मा नयाँ दिल्लीमा हुन लागेको छ । यसअघिको वार्षिक सम्मेलन भने जापानको राजधानी टोकियोमा भएको थियो ।

        अहिले हुने दुई पक्षीय उच्चस्तरीय भेटवार्तामा पनि आपसी चासो, सरोकार र आपसी हितकै विषयमा कुराकानी हुने उनले जानकारी दिए । 

        भारत र जापानबीच बहुपक्षीय सम्बन्ध र सहकार्य हुदै आएकाले त्यसलाई थप मजबुद बनाउने बारेमा पनि उनीहरूले छलफल गर्ने भारतको विदेश मन्त्रालयले जनाएको छ ।  

          सम्बन्धित समाचारहरु