रुस र युक्रेनका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । दुवै पक्षले मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने सहमति गर्दै दोस्रो चरणको वार्ता टुङ्गिएको हो ।
युक्रेनका एक वरिष्ठ अधिकारीले आफूहरूले चाहेजस्तो नतिजा ननिस्के पनि मानवीय सहायताका लागि सुरक्षित क्षेत्रको व्यवस्था गर्ने गरी दोस्रो चरणको वार्ता सकिएको बताए ।
रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले समेत मानवीय सहायताका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति भएको पुष्टि गर्दै दोस्रो चरणको वार्तालाई ‘ठूलो प्रगति’ भनेका छन् ।