काठमाडौं, विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ६२ लाख ८९१ पुगेको छ । यस्तै विश्वभर आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या ६ लाख ४८ हजार ४४५ पुगेको छ ।
विश्वभर एकै दिन २ लाख ५८ हजार २०२ जनामा संक्रमण देखिए छ । वर्ल्डोमिटर्सका अनुसार निको हुने संक्रमितको संख्या ९९ लाख ७ हजार २३२ छ ।
यसै गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ४५ पुगेको छ हालसम्म १३ हजार ५३ जना निको भएर घर पर्किएका छन् ।
यस्तै युरोपियन मुलुकहरूमा २ लाख १ हजार २६३ जनाको कोरोना भाइरसकै संक्रमणबाट मृत्यु भएको छ । २७ लाख ६५ हजार ५४० जना संक्रमित भएकोमा १६ लाख ६२ हजार ३०७ जना संक्रमणमुक्त भएका छन् ।
कोरोनाका कारण उत्तर अमेरिकी मुलुकहरुमासंक्रमितको संख्या ५० लाख ५० हजार १ पुगेको छ । त्यसमध्ये २५ लाख १७ हजार १६८ जना संक्रमणमुक्त भएका छन् । २ लाख ६ हजार ८८० जनाको मृत्यु भएको छ ।
यस्तै ८८ हजार ६४७ जनाको एसियाली मुलुकहरूमा मृत्यु भएको छ । ३८ लाख २६ हजार ६४६ जना संक्रमित भएकोमा २७ लाख ६५ हजार २२७ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा ३६ लाख ९४ हजार ३८२ जना संक्रमित भएकोमा २४ लाख ५८ हजार १९२ जना संक्रमणमुक्त भएका छन् । १ लाख ३२ हजार ९८० जनाको मृत्यु भएको छ ।
१७ हजार ५६३ जनाको अफ्रिकी मुलुकहरूमा ज्यान गएको छ भने ८ लाख ३२ हजार ३८० संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ८७ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै कोरोना बाट अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा १५ हजार ६५४ जना संक्रमित भएकोमा १० हजार ६४१ जना संक्रमणमुक्त भएका छन् । १६७ जनाको मृत्यु भएको छ ।








