चैत १६,२०८० / ०१ : ०२ अपरान्ह / 2024-03-29 01:02 pm
      • param ad
      • furniture
      • veera Incorporation

      डब्लुएचओको सल्लाह सार्वजनिक स्थानमा अनिवार्य सबैले मास्क लगाऔ

      - ३ वर्ष अगाडि
      जेष्ठ २४,२०७७

      काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मास्क लगाउँन यसअघि दिएको सुझाव परिवर्तन गर्दै सार्वजनिक स्थानमा जाँदा अनिवार्य रुपमा सबैले मास्क लगाउन आग्रह गरेको छ ।

      डब्लुएचओले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन अपिल गरेको हो ।

      नयाँ जानकारीहरु अनुसार मास्कले संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट जोगाउन सक्ने देखिएको उल्लेख गरिएको छ । 

      डब्लुएचओले यसअघि स्वस्थ मानिसले मास्क लगाउन अनिवार्य नरहेको बताएको थियो । डब्लुएचओले संक्रमणको शंका लागेका, संक्रमण भएकाहरुको नजिक जाने, उनीहरुको स्याहार गर्ने, संक्रमण भएकाहरुले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने उल्लेख गरेको थियो । 

      परिमार्जित सुझावमा स्वस्थ मानिसले पनि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा सम्भावित संक्रमित व्यक्तिको सम्पर्कमा आउन सकिने भएकाले संक्रमणबाट जोगिन अनिवार्य मास्क लगाउन भनेको हो । एजेन्सी 

        सम्बन्धित समाचारहरु