भाद्र १,२०७९ / ०३ : ०४ पूर्वान्ह / 2022-08-17 03:04 am

        अन्तर्राष्ट्रिय

        पोर्चुगलमा नेपाली महोत्सव हुने

        ४ वर्ष अगाडि

        युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । 

        अमेरिकाद्वारा रुसका, ६० कुटनीतिज्ञलाई निस्कासित

        ४ वर्ष अगाडि

        काठमाडौं । अमेरिकाले रुसका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । यसका साथै अमेरिकाले सिएटलस्थित रुसी दूतावास बन्द गर्न आदेशसमेत दिएको छ ।

        हालसम्म अमेरिकासहित, बेलायत, जर्मनी, फ्रान्स, अष्ट्रेलियालगायतका देशहरूले एक सयभन्दा बढी रुसी कुटनीतिज्ञलाई निस्कासित गरिसकेका छन् ।

        हैजाबाट नाइजेरियामा नौ जनाको मृत्यु

        ४ वर्ष अगाडि

        अबुजा, नाइजेरिया,  नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बौची राज्यमा हैजा रोगको प्रकोपबाट नौ जनाको मृत्यु भएको छ ।  हैजाकै कारण ती नौ व्यक्तिको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

         बौची राज्यका पाँच ओटा जिल्लामा हैजाको प्रकोप फैलिएको छ । अहिलेसम्म झण्डै ३२४ जनालाई हैजा लागेको अधिकारीहरुले बताएका छन् ।

        दक्षिण कोरियाली पूर्व राष्ट्रपति पक्राउ पर्नसक्ने

        ४ वर्ष अगाडि

        सोल, दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई पक्राउ गर्न आदेश दिएपछि उहाँ पक्राउ पर्नसक्ने सम्भावना बढेको बताइएको छ 

        नयाँ राष्ट्रपति चयनगर्दै म्यानमारको संसद

        ४ वर्ष अगाडि

        याङ्गुन, म्यानमारको संसदले शुक्रबार नयाँ राष्ट्रपति चयनको प्रक्रिया सुरु गर्दैछ । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि म्यानमारमा राष्ट्रपति पद खाली भएको छ । म्यानमारका उपराष्ट्रपतिलाई राष्ट्रपति पदमा उम्मेदवारी दिन मिल्नेगरी प्रक्रिया पूरागर्ने बताइएको छ ।

        मालदिभ्समा ४५ दिनपछि सङ्कटकाल हटाइयो

        ४ वर्ष अगाडि

        माले, मालदिभ्स, मालदिभ्स सरकारले ४५ दिनदेखि जारी सङ्कटकाललाई बिहीबारदेखि लागू हुनेगरी हटाएको छ ।

        राष्ट्रपति अब्दुल्ला यमीनद्वारा एक प्रेस विज्ञप्ति जारी गरी ४५ दिनदेखि जारी सङ्कटकाल हटेको घोषणा गर्नुभएको छ ।

        सी थप ५ वर्षका लागि चीनको राष्ट्रपति निर्वाचित

        ४ वर्ष अगाडि

        एजेन्सी :सी जीनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन भएका छन्। शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिकामा निर्वाचित गरिएको हो। सिन्हवाले दिएको खबर अनुसार सी चीनको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि सर्वसम्मत चयन भएका छन्।

        कोटा बढाउन प्रतिकामदार एकलाख सेवा शुल्क लिने इजरायलको शर्त

        ४ वर्ष अगाडि

        काठमाडौं । इजरायलले नेपाललाई वाषिर्क ५ सय कामदार (केयर गिभर)को कोटा दिन सकिने बताएको छ । तर, त्यसका लागि सरकारीस्तरमै सेवा शुल्क तोक्नुपर्ने इजरायलको शर्त छ ।

        नेपालका लागि इजरायलका राजदूतसहितको टोलीले वैदेशिक रोजगार विभागसँगको छलफलमा त्यहाँ जाने नेपालीका लागि वर्षमा ५ सयसम्म कोटा दिन सकिने बताएको हो ।

        सीरियामा रोकिएन युद्ध

        ४ वर्ष अगाडि

        युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ ।

        राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम शायदै भएको छ ।