भाद्र १,२०७९ / ०३ : ०७ पूर्वान्ह / 2022-08-17 03:07 am

        अन्तर्राष्ट्रिय

        अमेरिकाको यूट्युब मुख्यालयमा गोली चल्यो, आक्रमणकारीद्वारा आत्महत्या, केही घाइते

        ४ वर्ष अगाडि

        काठमाडौं,अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएकी छन् । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेकी छन् ।

        सिरियामा शान्तिका लागि पोपको आग्रह

        ४ वर्ष अगाडि
        भ्याटिकन सिटी,  क्याथोलिक इसाइ धर्मावलम्बीहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिस्ले सिरियामा शान्ति स्थापनाका लागि आग्रह गर्नुभएको छ । उहाँले सिरियामा जारी नरसंहार जतिसक्दो चाँडै अन्त्यगरी शान्तिपूर्ण समाधानका लागि सबैसँग आह्वान गर्नुभएको समाचारमा जनाइएको छ । 

        सिरियामा रासायनिक हतियार प्रयोग गरेको पुष्टि

        ४ वर्ष अगाडि
        बेरुत,  सिरियामा जारी द्वन्द्वका क्रममा सरकारी सेना तथा सुरुमा विद्रोहीका पक्षबाट समेतगरी रासायनिक एवम् घातक हतियारको आक्रमण गरिएको पुष्टि भए पनि त्यसमा संलग्नलाई कारबाही भने भएको छैन । सुरुमा विद्रोहीले पनि केही स्थानमा सरकारी सेनामाथिको हमलाका क्रममा यस्ता हतियार हानेका देखिएको थियो । 

        ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ भन्दै रुसद्वारा २३ देशका कूटनीतिज्ञलाई निष्कासित गर्ने घोषणा

        ४ वर्ष अगाडि
        मस्को, रुसको विदेश मन्त्रालयले २३ देशका कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेको छ । ‘जस्तालाई त्यस्तै व्यवहार गर्नुपर्ने’ निश्कर्ष निकाल्दै रुसले आफ्नो देशमा रहेका विदेशी कूटनीतिज्ञलाई निष्कासन गर्न लागेको हो । पछिल्लो समयमा विश्वका कैयौँ देशले रुसी कूटनीतिज्ञलाई निष्कासन गर्ने गरेकाले त्यसको बदलामा रुसले पनि ती देशका कूटनीतिज्ञलाई देश निकाला गर्ने थालेको समाचारमा जनाइएको छ । 

        झण्डै दुई हप्तापछि वैज्ञानिक स्टेफन हकिङको अन्त्येष्टि

        ४ वर्ष अगाडि
        क्याम्ब्रीज, बेलायत,  चर्चित वैज्ञानिक प्रा स्टेफन हकिङको निधन भएको झण्डै दुई हप्तापछि उहाँको शनिबार अन्त्येष्टि गरिएको  छ । बेलायतको क्याम्ब्रीज विश्वविद्यालय नजिकै रहेको चर्चमा उहाँलाई अन्तिम श्रद्धान्जलि दिएर अन्त्येष्टि गरिएको हो । उहाँले त्यस विश्वविद्यालयमा झण्डै आधा दशक महत्वपूर्ण सेवा गर्नु भएको थियो । 

        पाँच बर्षपछि, मलाला कडा सैनिक सुरक्षाबीच गृह नगरमा

        ४ वर्ष अगाडि

        मिङ्गोरा, पाकिस्तान, महिला शिक्षाका लागि गरेको योगदानबापत नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल पाकिस्तानी प्रसिद्ध अधिकारकर्मी मलाला युसुफजाई शनिबार पाँच बर्षपछि आफ्नो गृहनगर स्वेट उपत्यका पुग्नुभएको छ । महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उहाँलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँे सवैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुनुहुन्छ । 

        दुई कोरियाको बैठकले अमेरिका र उत्तर कोरिया वार्ता सहज हुने

        ४ वर्ष अगाडि
        वासिङ्टन, उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले जनाएको छ । यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाको अनुमान छ । 

        भारत–चीन सम्बन्ध ‘सकारात्मक दिशामा’ ः चीन

        ४ वर्ष अगाडि
        बेइजिङ, चीन,  चीनले भारतसँगको विवादलाई उचित रूपमा समाधान गर्न चाहेको चीनका विदेशमन्त्रालयका प्रवक्ता लु काङले बिहीबार बताउनुभयो ।
        उहाँले चीन र भारतबीचको द्विपक्षीय सम्बन्धलाई सहीबाटोमा अघि बढाउन चाहेको बताउनुभयो ।

        प्रहरी कार्यालयको बन्दीगृहमा आगलागीमा, आगलागीमा ६८ जनाको मृत्यु

        ४ वर्ष अगाडि

        भेनेजुएलाको भ्यालेन्सिया शहरमा अवस्थित प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा भएको झडप तथा आगलागीमा परी ६८ जनाको ज्यान गएको छ बीबीसीले जनाएको छ । बुधबार जेल तोडेर भाग्नका लागि त्यहाँ राखिएका कैदीहरुले सुत्ने ओछ्यानमा आगो लगाएसँगै त्यहाँ झडप तथा भागदौडको स्थिति सुरु भएको बताइएको छ ।

        अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी

        ४ वर्ष अगाडि

        अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि  थपिएको जनाइएको छ । बेलायतले त्यहाँ एकजना पूर्व रुसी गुप्तचर कर्मचारीमाथि मस्तिष्कमा नै असर पार्ने खालको विषाक्त प्रकृतिको वस्तुको प्रयोगगरी हमला गरिएको आरोपमा बेलायतले पनि रुसी कूटनीतिज्ञलाई निकाला गरेको थियो ।