जेष्ठ ३,२०८१ / १२ : ३० अपरान्ह / 2024-05-16 12:30 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीतिका शिखर व्यक्तित्व पशुपति शमशेर जबराको जीवन र भोगाइ

      - २ हप्ता अगाडि
      माघ १३,२०८०

      पशुपति सम्शेर राणा नेपाल र नेपाली राजनीतिका लागि नयाँ नाम होइन । २००७ सालमा भएको राणा विरोधी आन्दोलन पछि धेरै राणा परिवारले नेपाल छाडेर गए । राजनीतिक परिवर्तन पछि असुरक्षित महसुस गरेर बेलायत, भारत र अमेरिका तिर राणा परिवारहरु पलायन भएपनि मुलुकका अन्तिम राणा प्रधानमन्त्री मोहन शम्सेर र उनको परिवारले भने नेपाल र नेपालीको उन्नतिको निम्ति नेपालमै बसेर सेवा गरिरह्यो । तिनै मोहन शम्शेरका नाति र नेपालको अन्तराष्ट्रिय मामिला हेर्ने भारतका लागि नेपालका तर्फबाट राजदुत लेफ्टिनेन्ट जनरल स्वर्गीय विजय सम्शेर जबरा माता सरला कुमारी राज्यलक्ष्मीका एक मात्र छोरा हुन पशुपति शम्सेर जबरा । 

      हजुरबाबुहरुको १०४ बर्षे शासन ढल्दा पनि नढगमगाई नेपाल भित्रनै रहेर मुलुकमा भएका पछिल्ला राजनीतिक परिर्वतनलाई समेत आत्मसात गर्दै उनी अघि बढिरहे ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको गठन गरि राजनीतिक रुपमा सक्रिय रहेका पशुपति शम्सेर राणाको सपना छ एक पटक नेपाली राजनीतिक सर्बोच्च स्थानमा अर्थात प्रधानमन्त्री बनेर मुलुक र जनताको सेवा गर्ने । उनका पिताको समेत सपना थियो मुलुकको प्रधानमन्त्री बन्ने तर दुर्भाग्य भारतका लागि नेपाली राजदुत भएकै बेला  बिक्रम सम्वत् २०१० साल पुस १५ गते बाथरुपमा नुहाउने क्रममा लडेर उनका पिता विजय सम्शेरको निधन भयो । बाल्यकालमै घटेको बुवाको त्यो दुखद घट्नाले उनलाई अहिले पनि  निकै सताउछ बुवाको अभावमा जिवनको लामो यात्रा गर्न निकै कठिन भएको भन्दै भावविहल बने  ।

      बिजय सम्सेरको निधनले मुलुकले एउटा होनोहार ब्यक्तीत्व गुमाएको थियो । जसले अन्तराष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम गरेका थिए । त्यतिमात्र होइन संयुक्त राष्ट्र संघमा नेपाल स्वतन्त्र मुलुक हो भनेर सदस्यता दिलाउने काम गरेका थिए । जुन नेपाल र नेपालीका लागि निकै गर्विलो इतिहास हो । 

      पिता बिजय शमशेरको स्वर्गवास पश्चात उहाँको अधुरो सपना पुरा गर्ने अठोट बोकी १२ बर्षको उमेरमानै राजनितिमा प्रवेश गरे ।  १०४ बर्ष लामो राणा शाषनकाल र सो परिवारसंग जोडिएका राजनितिज्ञ व्यक्ति पशुपति शमशेर आँफु एकपटक प्रधानमन्त्री बनेर मुलुकको ठुलो सेवा गर्ने सपना बोकि ८२ बर्षको उमेरमा पनि राजनितिमा सक्रिय लागिरहेका छन्  । पशुपति सम्सेरका २ छोरीे उर्वशी र देवयानी छन् । जसमध्ये देवयानी राणाका छोरा अर्थात नाति आदिदेव सिहं हुन । नेपालको राजनीतिमा आफ्नो विरासत नातिले थामिदेओस भन्ने चाहना पशुपति सम्सेरको छ । नेपालको राजनीति यहाँको समाज लगायतका विषयमा अहिले देखिनै नातिलाई जानकार बनाउदै लगेका छन । 

      आगामि दिनमा राणा परिवारको विरासत थाम्ने उनका एक्लो नाति भएको उनले बताउदै आएका छन्  ।

      जबरा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए । पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलस्रोतथ तथा सञ्चार मन्त्री भएका थिए । उनले लामोे राजनितिक जिवनको यात्रामा थुपै्र महत्वपूणए काम गरेका छन् ।

      सानै उमेरमा बुवाको निधन भएपछि थपिएको जिम्मेवारी र जिवनमा अब के गर्ने भन्ने दोधारका बिच उनले राजनीतिलाई नै आफ्नो लक्ष बनाए । २०२९ सालबाट सिन्धुपाल्चोकको पाखर गाँउबाट उनले राजनिती सुरु गरे । अहिले राजनितीको यो उचाइसम्म पुग्ने आधार श्रीमती उषा राजे सिन्धिया भएको जबराले बताउदै आएका छन् । 

      २०४६ सालको परिवर्तन पछि पटक पटक मन्त्री बनेका उनी राप्रपाको संसदीय राजनीति खुम्चिएपछि मुलधारको राजनीतिबाट केही समय टाढिएका थिए । तर पछिल्लो समय धेरै जनताको मन जित्दै मुलुक परिवर्तन गर्ने यात्रा तय गरेर अघि बढेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्खदेनको नेतृत्वमा राप्रपाको मुलधारको राजनीतिमा सुधार आएपछि उनी पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टिका समानुपातिक सांसद बने । अहिले पुन सांसद बनेपछि मुलधारको राजनीतिमा सक्रिय बनेका हुन् । ज्येष्ठ सदस्यको रुपमा उनले प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउनुका साथै सभाअध्यक्ष चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको नेतृत्व समेत गर्ने अवसर प्राप्त गरेका थिए ।

      १०४ बर्षे राणा शासनको अन्त्यपछि पनि देश र जनताप्रति बफादार भएर कर्म गर्नु पर्छ भन्ने राणा शासनका अन्तिम प्रधानमन्त्री हजुरबुवा मोहनसम्सेर र सधैं परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्ने पिता लेफ्टीनेन्ट जनरल विजय सम्सेरको छोरा हुन नेपाली राजनीतिका शिखर व्यक्तित्व पशुपति सम्सेर जबरा । प्रजातन्त्र, उदारवाद, मातृभुमीप्रती विश्वास र आस्थालाई जहिले पनि आफ्नो राजनीतिको मुल ऐजेण्डा बनाएर अघि बढिरहेका राप्रपाका उनै कुशल नेता पशुपति शमशेर जबराको जीवन र भोगाइ आजको चिनारी सोमा प्रस्तुत गर्नेछौं । 

        सम्बन्धित समाचारहरु