वैशाख १७,२०८१ / ०३ : १९ अपरान्ह / 2024-04-29 03:19 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बर्षायाममा खुट्टाको कापमा घाउ हुने समस्या : चर्मरोग बिभागमा बिरामी बढदै

      - २ हप्ता अगाडि
      श्रावण २६,२०८०

      बिराटनगर, मधुमारा ८ कि रमिता आर्चायलाई बर्षायामको सुरुवात भयो कि चिन्ताले सताउन थाल्छ, कारण अरु केही नभएर उनको खुट्टाको कापमा घाउ हुने समस्या हो । 

      खेतबारीमा तथा हिलोमा काम गर्ने मानिसहरुमा धेरै देखिने यस्तो समस्याले बिगतमा जस्तै उनलाई यसबर्ष पनि निकै सताएको बताउँछिन् । 

      ‘पोहोर साल त घरमै सामान्य अवस्थामा नै निको भएको थियो,’ कोशी अस्पतालको चर्म रोग बिभागमा भेटिएकी आर्चायले भनिन् ‘यसपाली त समस्या यस्तो बढ्यो कि खुट्टाको काप चिलाएर रातभरी सुत्न सकिन त्यसैले जचाउन आएको ।’

      रमिता मात्र होइन, पोखरीया अस्थाई बसोबास गर्दै आएकी इलामकी गिता भट्राईको पनि समस्या उस्तै छ । गाँउमा रहदा बर्षाको समयमा उनले भोगेको खुट्टाको कापको छाला ताछिने र घाउ हुने समस्या यसबर्ष पनि पुन दोहोरिएको बताउछिन् । 

      ‘मैले त गाँउमा खेतबारीमा काम गर्दा मात्र यस्तो समस्या भएको होला भन्ठानेको थिए, तर होइन रहेछ,’ अस्पतालको सोही वाडमा भेटिएकी भट्राईले भनिन, ‘यसबर्ष त फोहोर हिलोमा खुट्टा परेकै छैन, तर पनि यस्तो समस्या देखियो, छालाको अन्य समस्या नै पो हो कि भनेर जचाउन आएकी हु ।’

      ऋधिकांश मानिसको सोचाई खुट्टाको कापमा घाउ हुने समस्या खेत बारीमा काम गर्ने मानिसलाई मात्र हुन्छ भन्ने सोच हुन्छ ।  त्यसैले यसलार्ई बोलीचालीको भाषामा यसलार्ई हिलोले खाएको भन्ने चलन छ ।  तर बर्षायामको सुरुवात भएसगै गाँउघरका मानिसमा मात्र होइन सहरमा बसोबास गर्नेहरुमा पनि समस्या देखिने गरेको पाइन्छ । त्यसैले बर्षातको समयमा अस्पतालको चर्मरोग बिभागमा यस्तो समस्या लिएर आउने बिरामीहरुको सड्ख्या बढ्दै गएको पाइएको छ । 

      कोशी अस्पतालका बरिष्ठ चर्मरोग बिशेषज्ञ तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा वर्षायाम सुरु भएसँगै धेरै मानिस खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुने गरेको बताउछन् । 

      अन्य मौषमको तुलनामा बर्षायामको समयमा हिलोले खुट्टाको कापमा घाउ भएको समस्या लिएर आउने बिरामीहरु २ गुणा बढि रहेको डा.झा ले जानकारी दिए । 

      वर्षायाममा वातावरणमा गर्मीसँगै ओसिलोपना बढी हुने भएकाले छालामा ब्याक्टेरिया र फङगसको संक्रमण बढी हने डा. झा बताउँछन् ।

       ‘यो मौसममा ब्याक्टेरिया र फङगसलार्ई बाँच्न अनुकूल हुन्छ, डा. झा भन्छन्, त्यसैले पनि यो मौषममा फङ्गसले बढि नै सताउने गरेको हो । 

      हिलोले खाँदा खुट्टाको औंलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, गनाउनु लगायत समस्या देखिन्छन् । चिकित्सकीय भाषामा भन्ने हो भने यो समस्या फङगस अर्थात् ढुसी र ब्याक्टेरिया (जीवाणु) को संक्रमणले गर्दा हुन्छ ।

      ‘यो फोहोर पानीको सम्पर्कमा मात्र हुने समस्या भने होइन, डा. झा भन्छन् ‘यो मौसममा धेरै समय पानी, वर्षायाममा खाली खुट्टा हिँडनेहरु वा चप्पल आदि लगाउँदा औंला निरन्तर पानी, हिलो, फोहोर आदिको सम्पर्कमा रहनेहरूमा यो समस्या बढी देखिन्छ ।’

      कहिलेकाहीँ लामो समयसम्म निरन्तर जुत्ता लगाउनेहरूमा समेत यो समस्या देखिने गरिएको डा. झा बताउँछन् ।  कस्सिएको जुत्ता लगाउनेहरूलाई समेत यस्तो समस्याले दुःख दिन सक्ने भएकाले जुत्ता आरामदायी हुनुको साथै हावा खेल्ने खालको लगाउन उनि सुझाउछन् ।  

      फङगसको उपचार धेरैजसोले आफुखुसीआफ्नो साथीभाइ, छिमेकी आदिको सल्लाहअनुसार आफैंले गर्ने प्रयास गर्छन त्यस्तो गर्नु गलत भएको डा. झा बताउँछन् । 

      सामान्य अवस्थामा छालालाई जति सुख्खा राख्न सकियो त्यति चाडै निको हुन्छ, औषधिको आवश्यकतै पर्दैन, उनि भन्छन्, ‘यदि समस्या बढ्दै गए छालारोग बिशेषज्ञकहाँ देखाएर मात्र औषधि लगाउनुपर्छ नत्र छालाको अन्य भागसम्म संक्रमण फैलिन पनि सक्छ ।’ 

      चिकित्सकहरुका अनुशार वर्षायाममा हिलाले खाने समस्याबाट बच्ने सबैभन्दा उक्तम उपाय नै खुट्टालार्ई सफा र सुक्खा राख्नु हो । मुख्यतः औंलाको कापलार्ई सुकाउनु धेरै आवश्यक छ । समयमै उपचार गर्नाले यो समस्या निको हुन्छ । 

      बिशेषगरि पानीकै कारण यो समस्या देखिने भएकाले प्रभावित व्यक्तिले पानी न पस्ने रबरको जुत्ता लगाएर काम गर्नुपर्छ । यसका साथै साथै खुट्टालार्ई सफा र सुक्खा राख्नुपर्छ । यस समस्याको बेलैमा उपचार नगरे ब्याक्टेरियाको संक्रमण फैलिदै जाँदा पिप जम्ने अवस्था (एब्सेस) समेत हुनसक्छ । यदि समस्या धेरै कडा रूपमा देखिएको छ वा परम्परागत उपचार प्रक्रिया गर्दा झन् बढ्ने, बल्झिने जस्ता समस्या देखिए तुरुन्त छाला रोग विशेषज्ञको सल्लाह लिन आवश्यक भएको चिकित्सकहरु बताउँछन् । 

      जुनु भट्टराई



        सम्बन्धित समाचारहरु