काठमाडौँ, विश्वभरी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५२ लाख ९८ हजार २०७ पुगेको छ ।
शनिबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४२५ पुगेको छ । भने २१ लाख ५६ हजार ३८२ मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
बितेको २४ घण्टामा ५ हजार भन्दा बढिले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४२५ पुगेको छ ।
अहिले विश्वका बिभिन्न अस्पतालमा २८ लाख ७ हजार जना बढिकोे उपचार भइरहेको छ भने उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ । शुक्रबार एकै दिन १ लाख ७ हजार भन्दा धेरै जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी शनिबार बिहानसम्म नेपालमा संक्रमितको संख्या ५१६ पुगेको भने ३ जनाको मृत्यु भएको छ अहिलेसम्म ७० जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट १६ लाख ४४ हजार ६४० संक्रमित भएका छन् भने ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ३ लाख ९७ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।
१८ लाख ६८ हजार १६६ जना युरोपियन मुलुकहरुमा संक्रमित भएका छन् । यस्तै ति मुलुकमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ भने ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।
इस्तै दक्षिण अमेरिकी मुलुकहरुमा ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने २९ हजार ५०१ जनाको मृत्यु भएको छ ।
यसैगरी उत्तर अमेरिकी मुलुकहरुमा । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ भने १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।
३ हजार २०४ जनाले अफ्रिकी मुलुकहरुमा कोरोनाबाट ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरुमा ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् । २६ हजार ६७४ जनाको मृत्यु भएको छ ।
त्यस्तै १२२ जनाको मृत्यु अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा भएको छ । ८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् ।








